नुवाकोटमा आज भेरोसिलो दोस्रो डोज लगाइँदै
नुवाकोट । नुवाकोटमा आज कोभिड १९ विरुद्धको भरोसिलको दोश्रो खोप लगाइने भएको छ ।
जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको मिति ०७८÷०४÷२० र ०७८÷०४÷२७ गतेको बैठकको निर्णय अनुसार कोभिड विरुद्धको भेरोसिलको पहिलो मात्राको खोप श्रावण ४ र ५ गते लगाइसकेकाहरुले मात्र आज भेरोसिलको दोस्रो डाृज लगाउन पाउने स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यस्तै कोभिसिल्ड खोप पहिलो मात्रा २०७७ माघ १४ देखि २०७८ बैशाख ३० गते कोभिसिल्ड लगाएकाहरुको लागि दोश्रो मात्रा खोप अभियान श्रावण ३० र ३१ गते संचालन हुने बताइएको छ ।
त्यस्तै भेरोसिलको पहिलो डोज श्रावण १५ र १६ गते लगाएकाहरुले दोश्रो मात्राको भेरोसिलको खोप भाद्र ९ र १० गते लगाउनु पर्ने स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
तर कोरोनाको लक्षण र चिन्ह देखिएका व्यक्तिहरुले खोप लगाउन नहुने कार्यालयको भनाइ रहको छ । खोप लगाउन आउँदा खोप कार्ड अनिवार्य लिई आउनु पर्ने बताइएको छ ।
यस्तै खोप केन्द्रमा खोप लगाउन जादा जनस्वास्थ्यको पालना गर्नु पर्ने तथा खोप लगाउनको लागी आफनो स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु समेत स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया