रसुवामा १ हजार २ सय २६ जना कोरोना संक्रमित निको भए
विदुर खबर
२०७८ साउन २८ गते १७:१६
रसुवा । रसुवामा १ हजार २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये बुधबार २४ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार २ सय २६ पुगेको हो । रसुवामा हालसम्म १ हजार २ सय ६१ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९७.२२ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ३३ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, उत्तरगया ५ र कालिकामा २२ जना रहेका छन् । सबै संक्रमितहरूमध्य ३ जना संस्थागत र ३० होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ४ हजार २ सय ४ वटा स्वाव संकलन गरिएकोमा २ हजार ९ सय ४३ नेगेटिभ र १ हजार २ सय ६१ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया