नेकपा एमालेको शिवपुरी गाउँपालिकास्तरीय बैठक सम्पन्न
नुवाकोट । नेकपा एमालेको शिवपुरी गाउँपालिकास्तरीय बैठक विहिबार शेराबगरमा सम्पन्न भएको छ ।
नेकपा एमालेका अध्यक्ष बद्री मैनालीको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीको आगामी रणनिति र कार्यदिशाबारे छलफल भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु लिएर जनतामाझ जान नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले एमालेको चुनाव चिन्ह सुर्यबाट चुनाव जितेकाहरुले पार्टीलाई घात गरेको भन्दै त्यस्ता व्यक्तिहरुबाट पार्टीलाई जोगाउनुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै उनले नेकपा एमालका माधव नेपाल समुहका नुवाकोट अध्यक्ष नारायण प्रसाद खतिवडा एमालेको नेता नै हुन नसक्ने बताए । उनले सुर्य चिन्हबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका खतिवडाले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारीस गरेर पार्टीप्रति गद्धार गरेको आरोप लगाए ।
नेकपा एमालेले नुवाकोटको विभिन्न स्थानिय तहमा पार्टीको संगठन विस्तारलाई तिव्रता दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया