नुवाकोटमा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २८ गते १४:५४

नुवाकोट । नुवाकोटमा आज ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६७ जनाको पिसिआर र २० जनाको एन्टीजेन गरि ८७ जनाको कोरोना परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ५३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

त्यस्तै बेलकोटगढी नगरपालिका र तादी गाउँपालिकामा समान ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै किस्पाङ गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्यगढी गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ३२ जना होम आइसोलेसनमा उपचाररत छन भने ३२ जना अस्पताल र २३ जना आइसोलेसन सेन्टरमा रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लामा ८० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोना निको भएर घर फर्कनेको संख्या ६ हजार ७ सय २३ पुगेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

नुवाकोटमा हालसम्म २४ हजार ७ सय ८७ जनाको पिसिआर परिण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

थप एकजना कोरोना संक्रमितको मृत्यु

यसैविच वुधवार कोरोना संक्रमणबाट जिल्लामा थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा किस्पाङ गाउँपािलकाका एक पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नुवाकोटमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ८७ पुगेको छ ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ५३ पुगेको भने ६ हजार ७ सय २३ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया