धादिङ अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे
नुवाकोट । गए सातादेखि धादिङ सदरमुकामस्थित अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ ।
जेठ-असारमा भन्दाअहिले ज्वरोका बिरामीको चाप बढेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले बताए । उनका अनुसार दैनिकजसो २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका छन् । तीमध्ये २५ प्रतिशत कोभिड अन्य सबैमा डेंगु र स्क्रब टाइफसको लक्षण देखिने गरेको सूचना अधिकारी बिकले बताए ।
मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै डेंगु र स्क्रब टाइफसका बिरामी पनि यो महिना बढेको हो ।
अस्पतालले व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसFग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गरिएको छ ।
बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया