नेपालमा एक अर्ब ६५ करोडको डाइपर आयात
विदुर खबर
२०७८ साउन २३ गते २०:२३
नुवाकोट । गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।
सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट रु एक अर्ब ५० करोड मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ । त्यस्तै भियतनामबाट रु ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट रु ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ ।
नेपालले मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ ।
विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया