नुवाकोटमा फेरि कोरोना संक्रमित बढ्दै, आज एकैदिन ९२ जना थपिए
नुवाकोट । नुवाकोटमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
जिल्लामा निषेधाज्ञा फितलो बनाएसँगै जिल्लामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९७ जनाको पिसिआर र ९५ जनाको एन्टीजेन गरि एकसय ९२ जनाको परिक्षण हुँदा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा ३९ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै विदुर नगरपालिकामा २६ जना कोरोना संक्रमित थपिँदा ककनी गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
यस्तै लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकामा समान ५÷५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै किस्पाङ गाउँपालिकामा ३ जना संक्रमित थपिदा सुर्यगढी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको भने शिवपुरी गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा २९ जना कोरोना संक्रमित निका् भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ३ सय ७८ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७६ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय २५ जना होम आइसोलेसनमा २६ जना अस्पतालमा र २२ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जिल्लामा हालसम्म नुवाकोटमा २३ हजार ८ सय २३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया