कुलमान घिसिङलाई पुन प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/09/kulman.jpeg)
नुवाकोट । सरकारले नेपाल विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थालेका हुन् ।
‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सकेनन् नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गरेकोले उनलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ’, सचिवालयले भन्यो ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएको वर्षको भदौमा प्राधिकरणबाट बिदा ुभएका थिए । उनलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ बिदा भएका थिए ।
घिसिङले चार वर्ष पदमा रहँदा देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब–स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया