मृगौला पीडितद्वारा सुन्दासद्धारा सहयोगको याचना

नुवाकोट । दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेकी सुनसरी इटहरी-१९ तरहराकी मालती सुन्दासको परिवारले सहयोगको याचना गरेको छ ।
विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएकी ५४ वर्षीय सुन्दासको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारमा कठिनाइ भइरहेको उनका श्रीमान मुक्ति सुन्दासले जानकारी दिए । विगत लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित रहेकी सुन्दासका दुवै मृगौलाले समेत काम गर्न छाडेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हप्तामा दुई चोटी गर्नुपर्ने डाइलासिस आर्थिक अभावका कारण हाल एकपटक मात्रै गराइरहेको उनका श्रीमान् मुक्तिले बताए ।
परिवारसँग भएको सबै घर जग्गा समेत श्रीमतीकै उपचारका कारण सकिएकाले हाल आफूहरु भाइको घरमा बसिरहेको पनि उनले बताए ।यसअघि उनले आफन्त र ईष्टमित्रलाई समेत खर्चका लागि गुहारेका थिए । कोरोना महामारीका कारण जारी लकडाउनले पनि उनलाई उपचार खर्च जोहो गर्न निक्कै अप्ठ्यारो भएको बताए ।
मृगौला पीडितका लागि भन्दै सरकारले केही सहजीकरण गरेको भए पनि महङ्गो औषधिहरु आफै किन्नु पर्ने बाध्यता रहेकोले पनि सहयोगको याचना गर्नुपरेको उनको दुखेसो छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएसँगै भारतको सिलिगुडीमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन खर्च अभाव भएको हो ।
५४ वर्षीय सुन्दासको हाल दुवै मृगौलाले काम गर्न छाडेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको हुँदा जीवन रक्षाको लागि सहयोग गरी दिन परिवारले अपिल गरेका हुन् ।
सहयोग गर्न चाहनेहरूले उनका श्रीमान् मुक्ति सुन्दासको सम्पर्क नम्बर ९८०३७२८६२० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । साथै, उनका श्रीमान् मुक्तिबहादुर दर्जी(मुक्ति सुन्दास)को नाममा नबिल बैंक तरहरा शाखामा रहेको खाता नम्बर 11910017501676 मा रकम जम्मा गरेर सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया