लकडाउन अवधिको विद्युत् महसुलमा पनि जरिवाना
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/light.jpg)
नुवाकोट । लकडाउन अवधिको विद्युत् महसुलमा समेत जरिवाना तिराइएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
यसै विषयलाई लिएर ओखलढुंगामा दिनहुँजसो सेवाग्राही र विद्युत् प्राधिकरणका कर्मचारीबीच विवाद हुने गरेको छ । ‘तीन महिनासम्म प्राधिकरणका मिटर रिडरहरू मिटर रिडिङ गर्न आएनन्,’ ओखलढुंगाका नागरिक समाजका प्रतिनिधि बोधनारायण श्रेष्ठले भने, ‘अहिले आएर मिटर रिड गरे अनि ग्राहकलाई समयमा महसुल भुक्तानी नगरेको भन्दै जरिवाना गराइएको छ । यो सरासर प्राधिकरणको ठगी हो ।’
प्राधिकरणले महसुल रकमको १० देखि २५ प्रतिशतसम्म जरिवाना लिएको छ । प्राधिकरणको ओखलढुंगा वितरण केन्द्रका प्रमुख प्रतिश ढकालले यो समस्या गत सालको लकडाउनमा पनि आएको बताए । उनका अनुसार गत साल पनि सरकारले फिर्ता गर्ने निर्णय गरेपछि जरिवानाबापतको रकम ग्राहककै खातामा फर्काइएको थियो ।
‘केन्द्रको सिस्टमकै कारण हामीले यहाँ पनि जरिवाना सहित संकलन गर्नुपरेको हो,’ उनले भने, ‘पछि यो सरकारले फिर्ता पनि गर्न सक्छ ।’ महसुल रकम अग्रिम रूपमा खातामा जम्मा गरेकालाई भने जरिवाना तिर्न नपर्ने व्यवस्था छ । तर विपन्न ग्राहकहरूले अग्रिम रूपमा महसुल जम्मा गर्न नसक्ने भएकाले उनीहरू थप मारमा परेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया