रसुवामा कोरोना संक्रमित घट्दै
विदुर खबर
२०७८ साउन १६ गते १८:०३

रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
शुक्रबार ६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ५, कालिकामा २९ र उत्तरगयामा १५ जना रहेका छन् । संक्रमितहरूमध्ये १ जना संस्थागत ४८ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार १ सय ६८ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ४ हजार ४३ वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय २५ नेगेटिभ र १ हजार २ सय १८ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया