पुनर्बहालीको माग गर्दै माओवादी केन्द्र चार नेता सर्वोच्चमा
विदुर खबर
२०७८ साउन १३ गते १५:५१
नुवाकोट । नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेता पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर सर्वोच्चमा पुगेका हुन ।
सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि उनीहरू एमालेतिर लागेका थिए। माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।
सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया