धादिङमा ९६ करोड २६ लाख बजेट फ्रिज
नुवाकोट । धादिङको विकास निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा प्राप्त भएको बजेट ९६ करोड २६ लाख १८ हजार ६ सय ४ रुपैयाँ फिर्ता (फ्रिज) भएको छ ।
जिल्लामा रहेका संघीय सरकारका कार्यालय, स्थानीय सरकारका कार्यालय र प्रदेश सरकारको काम गर्न स्थापना गरिएका कार्यालयहरुले वर्षको अन्त्यसम्म पनि काम निर्धारित कार्यक्रमहरु संचालन गर्न नसकेपछि सो रकम संघीय सरकार र प्रदेश सरकारमैफिर्ता (फ्रिज भएकोहो । जिल्लामा संघ र प्रदेश सरकारले ३ अर्व २२ करोट १६ लाख ४७ हजार ६ सय १ रुपैयाँ पूँजीगत (विकास बजेट) खर्चका बजेट व्यवस्थापन गरेकोमा २ अर्ब २५ करोड ९० लाख २८ हजार ९ सय ९७ रुपैयाँ जिल्लाका कार्यालयहरुमा विकास बजेट खर्च गर्ननिकासा पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङका कोष नियन्त्रक तथा सूचना अधिकारी बिपिन बस्नेतले बताउनु भयो ।
गत आर्थिक वर्षमा चालुरपूँजीगत गरि १ अर्ब ५५ करोड ७६ लाख ८४ हजार ७ सय ६७ रुपैयाँ रकम फिर्ता भएको छ । संघीय सरकार र प्रदेश सरकारले चालु र पूँजीगत गरि १३ अर्ब ९९ करोड ८९ लाख ६५ हजार २ सय ४८ रुपैयाँ बजेट व्यवस्थापन गरेकोमा १२ अर्ब ४४ करोड १२ लाख ८० हजार ४ सय ८१ रुपैयाँ खर्च गर्न जिल्लाका सरकारी कार्यालयहरुमा निकाशा पठाएको छ ।
कोष नियन्त्रण कार्यालय मार्फत संघीय सरकार र प्रदेश सरकारले रकम पठाउने गर्दछ । जिल्लाका २८ ओटा संघीय कार्यालय, १३ ओटा प्रदेश कार्यालय र १३ स्थानीय तहमा बजेट निकासाको काम कोष तथा नियन्त्रण कार्यालयले गर्ने गर्दछ ।
धादिङ जिल्लामा आर्थिक वर्ष ०७७÷७८ मा संघीय सरकार अन्तरगतका कार्यालयहरुबाट १ अर्व ५५ करोड ९१ लाख ८८ हजार ९ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ भने प्रदेश अन्तरगतका कार्यालयहरुबाट २२ करोड ४४ लाख ९२ हजार १ रुपैयाँ राजश्व संकलन भएको कोष तथा नियन्त्रण कार्यालय धादिङले जनाएको छ ।
कोष तथा नियन्त्रण कार्यालय धादिङले सबै सरकारी कार्यालयको एकल खाता कोष प्रणाली अन्तर्गत संघ र प्रदेश सरकारबाट प्राप्तरकम निकाशा दिने गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया