‘गो ग्रिन’ अभियान गोसाइँकुण्डमा

नुवाकोट । ‘गो ग्रिन’ भन्ने अभियान बनेपा नगरपालिका वडा नम्वर ६ स्थित गोसाईकुण्डमा आयोजना गरिएको छ ।
रोटरी क्लब अफ काभ्रे भ्याली र रोट-याक्ट क्लव अफ काठमाडौ विश्वविद्यालयको संयुक्त आयोजनामा डिभिजन बन कार्यालय काभ्रे, रोटरी क्लव अफ धुलिखेल, रोट-याक्ट धुलिखेल, रोट-याक्ट शिखलापुर, गोसाइँथान युवा क्लव र आर.सि.सि दि राइजिङ भ्यु टावरको सहयोगमा बृक्षारोपण गरिएको हो ।
गोसाईस्थान सामुदायिक बनमा रिठ्ठा, धुपी, तेजपत्ता, लब्सी, बकाईनो, कपुर, मसला लगायतका ७ सय विरुवाहरु बृक्षारोपण गरिएको रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठले जानकारी दिनु भयो । बृक्षारोपण कार्यक्रम बनेपा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष सच्चितानन्द केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गोसाईस्थान सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापा, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राई, रोटरी क्लब अफ धुलिखेलका परियोजना सेवा संयोजक अशोक श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।
बृक्षारोपण कार्यक्रममा सहभागिहरुले बातावरण सन्तुलनका लागि बन र बनका लागि बृक्षारोपण अपरिहार्य रहेको बताउनुभयो । रोटरी क्लवले वातावरण संरक्षणका लागि निरन्तर बृक्षारोपण कार्यक्रमहरु गरिरहेको छ ।
यस अघि पनि काठमाडौ विश्वद्यिालयको चौकोट स्थित मेडिकल साईन्स तथा नव निर्मित काठमाडौ विश्वविद्यालयको फोक्सो अनुसन्धान केन्द्र परिसरमा बृक्षारोपण गरिएको थियो भने अर्को वृक्षारोपण कार्यक्रम आगामी साता पनौती नगरपालिका वडा नम्वर २ मा गरिने योजना रहेको रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया