नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुग्यो

विदुर खबर २०७८ साउन ८ गते १५:१३

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फकिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको हो ।

सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ४८ जना होम आइसोलेसनमा, ३७ जना अस्पतालमा र ३० जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ८ सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ४५ जनाको पिसिआर र ४४ जनाको एन्टीजेन परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ९५ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका १४ जना रहेका छन् । यस्तै लिखु गाउँपालिकाका १० जना, ककनी गाउँपालिकाका ६ जना र सुर्यगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बेलकोटगढी नगरपालिका, शिवपुरी गाउँपालिका र किस्पाङ गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जिल्लामा हालसम्म २२ हजार ३ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

प्रतिक्रिया