पाँचवर्षदेखि घरमै विपि स्मृति दिवस मनाउँदै निलकण्ठ

विदुर खबर २०७८ साउन ६ गते १४:१७

नुवाकोट । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वि पि कोईरालाको ३९ औ स्मृति दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरि देशै भरि मनाइएको छ ।

Advertisement

यसै क्रममा नेपाली कांग्रेसका पुराना नेता तथा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ का निलकण्ठ मिश्रले विगत ५ बर्षदेखि विपि स्मृति आफ्नै घरमा मनाउँदै आएका छन्।

दिवसको अवसर पारेर उनले घरमै विपिको फोटामा माल्यापर्ण र आफनै घरवरपर वृक्षारोपण गर्दै आइरहेका छन् । कोरोनाको महामारीको समयमा गुर्जाे लगायत आयुवेदिक औषधि आफ्नै घरमा वनाएर विरामीको सेवा गरिरहेका मिश्रले यसपटकको विपि स्मृति दिवसमा पनि विगत झै वृक्षारोपण गर्ने क्रममा औषधिको रुपमा प्रयोग हुने जडिबुटीहरु कालो तुलसी ,गुर्जाे ,म्यावा लगायतका विरुवाहरु वृक्षारोपण गरेका छन् ।

Advertisement

उनले आफ्नै पार्टी नेपाली कांग्रेसले राखेको कार्यक्रममा नगई साथिभाई घरमै वोलाई स्मृति दिवस मनाएको बताए । उनले वर्तमान कांग्रेस नेतृत्वले विपिको दर्शन छोड्दै गएकोले अब पार्टीमा सुधार नआएसम्म निस्कृय रहने बताए । उनले पार्टी नेतृत्वले विपि विचारलाई आत्मसाथ गरे पुन राजनीतिमा सक्रिय हुने बताए ।

नेपाली कांग्रेस १४ औ महाधिवेशनमा जुटिरहेको अवस्थाम महाधिवेशनबाट विपिको विचार र दर्शन तथा आदर्शलाई आत्मसाथ गर्ने व्यक्तिले पार्टीको नेतृत्व गर्नसक्ने बताए ।

Advertisement

 

प्रतिक्रिया