चितवनमा धादिङका व्यक्तिको हत्या
विदुर खबर
२०७८ साउन ७ गते १६:३३

नुवाकोट । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी अन्दाजी २७ वर्षीय भरत गुरुङ हुन् । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । ‘नजिकै गोलीको खोका भेटिएकाले त्यहीबाट मृत्यु भएको हुनसक्ने आशंका छ,’ कार्कीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । हालसम्म घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया