घरेलु मदिरा पिउँदा चार मजदुरको मृत्यु

नुवाकोट । घरेलु मदिरा (लोकल) पिउँदा बाग्लुङमा चारजना मजदुरको मृत्यु भएको छ ।
दुईजना गम्भीर बिरामी छन् । बाग्लुङको गलकोट नगरपालिका– ७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूले घरेलु मदिरा पिउँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीण घर्ती रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मदिरा पिएर गम्भीर बिरामी भएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरू गम्भीर बिरामी परेका थिए ।
मदिरा सेवनपछि बिरामी परेका उनीहरूको धौलागिरि अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
दुईजनाको डायलाइसिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया