पहिलो अभ्यास खेलमा नेपाली यू – २३ फुटबल टोली पराजित
काठमाडौं, इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारी गर्न थाइल्याण्डमा रहेको नेपाली यू – २३ फुटबल टोली अभ्यास खेलमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली टोली स्थानीय क्लब पुलिस टेरो क्लबसंग १ – ० ले पराजित भएको हो ।
बोनयाचिन्दा स्टेडियममा भएको खेलमा नेपाल आत्मघाती गोलको कारण पराजित भएको हो । नेपालका डिफेन्डर आदित्य चौधरीले आत्मघाती गोल गरेका थिए । अब नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।
एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा गर्न नेपाली टोली थाइल्याण्डमा रहेका छन् । एन्फाले साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई थाइल्याण्ड अभ्यासमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
नेपालले एसियन गेम्सको पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ । यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया