धादिङमा जलविद्युत निर्माणको नाममा अवैध रुपमा वन फँडानी
धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन संचालन भइरहेको छ ।
यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना निर्माणका क्रममा सडक बनाउन रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा करिव एक हजार रुख काटिएका छन् ।
आयोजनाले प्रदेश सांसद जगत सिंखडा, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत स्थानीय सरकारका उपाध्यक्ष एवं वडाअध्यक्षहरूलाई समेत आर्थिक प्रलोभनमा पारेका छन् ।
आयोजनाको काम अगाडि बढाउँदा वातावरणीय पक्षमा ध्यान दिनुपर्ने तालुकवाला निकाय जिल्ला वन कार्यालय धादिङकोसमेत यो प्रकरणमा मिलेमतो रहेको देखिएको छ । वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था गरेको छ ।
साथै रुख रोपन आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुन उल्ललेख छ ।
आयोजनाले जिल्ला वन कार्यालय धादिङको संरक्षणमा गाउँपालिका र प्रदेश सांसदसँगको मिलेमतोमा राज्यलाई करोडौंको नोक्सानी पुर्याएको छ भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी भ्यालीलाई उजाड बनाएको छ ।
महानिर्देशकले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा दोषीलाई कारवाही गर्न गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया