ज्यान मार्ने धम्की दिएर विवाहित महिलामाथि बलात्कार
विदुर खबर
२०७८ साउन १ गते २१:३८

नुवाकोट । देबाही गोनाही नगरपालिका बिहीबार राती एक दलित विवाहित महिला बलात्कृत भएकी छिन ।
घरमा कोही नभएको मौका छोपी देबाही गोनाही नगरपालिका–१ का ४० बर्षिय राकेश राउत कुर्मीले बिहीबार राती एक दलित विवाहित महिला बलत्कार गरेर फरार भएका छन ।
उनको खोजी भैरहेको ईलाका प्रहरी प्रहरी कार्यालय देबाही गोनाहीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी कुर्मीले ज्यान लिने सम्मको धम्कि दिएर बलत्कार गरेको आरोप रहेको छ ।
ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले बलत्कार गरी फरार रहेका पीडकको खोजी भैरहेको बताउनु भयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो ।
एक साता अघि सोही नगरपालिकाको –७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहाले एक महिला लाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया