भारत र पाकिस्तान टि २० क्रिकेटको एकै समुहमा
नुवाकोट । युएई र ओमानमा हुने आगामी टि २० क्रिकेट विश्वकपमा भारत र पाकिस्तान एकै समुहमा परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज समुह निर्धारण गरेको हो । आईसीसीले पहिलो राउण्ड र सुपर १२ राउण्डको समुह निर्धारण गरेको हो । सुपर १२ मा भारत र पाकिस्तान एकै समुहमा परेका हुन् ।
पहिलो राउण्डको लागि समुह एमा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबियाँ रहेका छन् । त्यस्तै समुह बिमा बंगलादेश स्कटल्याण्ड, पपुवा न्यु गिनीया र ओमान रहेका छन् । दुवै समुहको बिजेता र उपविजेता सुपर १२ मा प्रवेश गर्ने छन् ।
सुपर १२ मा समुह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, साउथ अफ्रीका, वेस्ट इन्डिज, तथा पहिलो राउण्डबाट छनौट भई आउने गरि समुह ए को बिजेता र समुह बि को उप बिजेता रहने छन् ।
त्यस्तै सुपर १२ को समुह २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान तथा पहिलो राउण्डबाट छनौट भई आउने गरि समुह बि को बिजेता र समुह ए को उप बिजेता रहने छन् ।
भारतमा आयोजना हुने तय भएको प्रतियोगिता भारतमा कोरोना संक्रमितको संख्यामा कमी नआएपछि युएई र ओमानमा हुन् लागेको हो । प्रतियोगिता आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने छ ।
२० मार्च २०२१ को बरियता अनुसार समुह विभाजन गरिएको आईसीसीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया