युरोकपमा सट्टेबाजी गर्ने पाँच पक्राउ

विदुर खबर २०७८ असार २७ गते ९:१०

नुवाकोट । युरो कप फुटबल प्रतियोगिता–२०२० का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल बस्ने राजु महर्जन, सोही महानगरपालिका–१६ धापागल बस्ने विनोद महर्जन र सोही महानगरपालिका–१२ टंगाल बस्ने सफिरराज राजकर्णिकार रहेका छन् ।

युरो कप खेलहरुको सामाजिक सञ्जाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठूलो धनराशि हारजित हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया