सुर्यगढी गाउँपालिकामा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ असार २२ गते २२:०६
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाउँपालिकाको वडा नम्बर ५ का ८० वर्षिय बृद्ध रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ८५ पुगेको छ । संक्रमितमध्ये २ सय २४ पुरुष र एकसय ६१ महिला रहेका छन् ।
अहिले गाउँपालिकाका ७ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
Advertisement
गाउँपालिकामा हालसम्म १२ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया