बट्टार क्याम्पसका अध्यक्ष रामशरण प्याकुरेल पदमुत्त
नुवाकोट । सर्वोच्च अदालतले रामशरण प्याकुरेललाई नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षको रूपमा काम नगर्न सर्वोच्च अदालतले अन्तरिमक आदेश दिएको छ ।
क्याम्पसको निवर्तमान अध्यक्ष श्रीराम श्रेष्ठले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजालशले त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन गर्न रोक लगाएको हो । अदालतले असार २३ गते दुबै पक्षलाइ बोलाएको छ ।
अदाललते प्याकुरेल क्याम्पसको अध्यक्ष बन्न नै अयोग्य रहेको तर्क गरेको छ । अदालतको आदेश भनिएको छ ‘त्रिभुवन विश्वविद्यालयको सम्बन्धन सम्बन्धी विनियम, २०७३ को नियम ३६२) अनुसार विभुवन विश्वविद्यालयका उपकुलपति समक्ष सञ्चालक समितिको अध्यक्षका पदमा मनोनयनका लागि तीन जना व्यक्तिको नाम सिफारिश गरी पठाएको देखिन आउछ।
तर विपक्षी मध्येका त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयबाट मिति २०७४।१२।२७ मा सो क्याम्पसको अध्यक्षको जिम्मेवारी तोक्दा उक्त सिफारिशमा नपरेको र क्याम्पसको विधानको धारा ११(क) मा सञ्चालक समितिको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल सञ्चालक समितिको सदस्य भैसकेको हुनुपर्ने भन्ने देखिएकोमा सो बमोजिमको योग्यतासमेत नपुगेका विपक्षी मध्येका रामशरण प्याकुरेललाई तोकेको देखिंदा अन्तरिम आदेशको छलफल भै टुंगो नलागेसम्मको अवधिको लागि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको मिति २०७७ । १२ । २७ च.नं, ३१४ ०७४।०७८ को विपक्षी मध्येका रामशरण प्याकुरेललाई क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम विपक्षीहरुका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ।’
यो सँगै प्याकुरेल अध्यक्षबाट पदमुक्त भएका छन् । ।प्याकुरेल नेकपा एमाले नुवाकोटका संस्थापक सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य हुन् ।
क्याम्पसको अध्यक्षको रुपमा काम गर्न थालेको तिन महिना भएपनि खासै राम्रो कार्य सम्पादन गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।
यसअघि गएको चैतको अन्तिममा प्याकुरेल कम्यापम्सको अध्यक्षमा नियुक्त भएका थिए ।
यस्तो छ सर्वाेच्च अदालतले दिएको आदेश ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया