नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह

विदुर खबर २०७८ असार १७ गते ७:५२

नुवाकोट । नेपालका ११ वर्षीय बालकले  छुद्र ग्रह पत्ता लगाएका छन् ।

Advertisement

२०१९ कै मे २७ देखि जुन २१ को अभियानमा ४ वटा छुद्र ग्रह पत्ता लागेको थियो ।

त्यति बेला अमृत साइन्स कलेजमा अध्ययनरत रेजा थापा र नासोकी मिनषा द्वाले पत्ता लगाएको छुद्र ग्रहलाई ‘२०१९–केबी१५’ दिइएको छ । नासोकै अध्यक्ष भट्टराई र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजीमा अध्ययनरत सुशान्त द्वाले २०१९–केके१८ पत्ता लगाए । २०१९–केडब्लू९ चितवनका नीरज लामिछाने चितवन र अध्यक्ष भट्टराईले पत्ता लगाएका हुन् ।

Advertisement

२०१९–केके५ चाहिँ विज्ञान शिक्षक समाज पोखरा च्याप्टरकी जानकी कुमारी छन्त्याल र नासोकी मनीषा द्वाले पत्ता लगाएका थियो ।

नेपालबाट सन् २०२० मा २०२०–एफ०११, २०२०–एचके३४, २०२०–एचटी४९ र २०२०–पीजी१५ नाम गरेका छुद्र ग्रह पत्ता लागेका हुन् ।

Advertisement

तीमध्ये २०२०– एफ ०११, २०२०–एचके३४ र २०२०–पीजी१५ मेन बेल्ट एस्टोरोइड रहेको पत्ता लागे पनि एजटी४९ को पहिचान हुन सकेको छैन । यी सबै छुद्र ग्रह उच्च मावि र विश्वविद्यालयका विद्यार्थीले पत्ता लगाएका हुन् । यो खोज अभियानमा ११ वर्षदेखि माथिको उमेर समूहका २ हजार ३ सय ४० जना विद्यार्थी सामेल भइसकेका छन् ।

के हो छुद्र ग्रह ?

ग्रह बन्न नसकेका आकाशीय पिण्डहरूलाई छुद्र ग्रहका रूपमा लिने गरिन्छ । सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन् ।

अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका छुद्र ग्रह ३ वटा रेकर्ड गरिएको छ । यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी छुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

मंगल ग्रहदेखि र बृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, छुद्र ग्रह, ढुंगालगायतका वस्तु धेरै छन् ।

सानो आकारका ‘एस्टोरोइड’ हरू पृथ्वीतिर आइरहेका हुन्छन् । त्यस्ता वस्तु वायुमण्डलको माथिल्लो सतहमा बिलाउँछन् । यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन् ।

यस्ता पिण्ड र कणले पृथ्वीको तौल बढिरहेको भौतिकशास्त्रीहरू बताउँछन् । स–साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यत्तिकै बिलाउने गरेको भट्टराईले बताए ।

यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ ।

एक सय किलोमिटरभन्दा बढी व्यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ ।

ठूला छुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको भौतिकशास्त्रीहरूको भनाइ छ ।

प्रतिक्रिया