नुवाकोटमा एकैदिन ७७ जनालाई कोरोना निको

विदुर खबर २०७८ असार १५ गते ६:५४

नुवाकोट । नुवाकोटमा एकैदिन ७७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७७ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ५ सय १९ पुगेको छ ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । पल्लिो २४ घण्टामा ४६ जनाको पिसिआर र ५३ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

Advertisement

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्या ७ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकामा २२ जना र बेलकोटगढी नगरपालिकामा २१ जना रहेका छन् ।

Advertisement

यस्तै तादी गाउँपालिकामा ८ जना, किस्पाङ गाउँपालिकामा २ जना र म्यागङ गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ३४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म जिल्लामा २० हजारभन्दा बढीको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया