ए डिभिजन असोज ३ बाट गर्ने प्रस्ताव
नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव तयार पारेको छ ।
भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो ।
एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ । ए डिभिजनका क्लबसंग छलफल गरेर लिगको मिति पक्का हुनेछ ।
नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसंग छलफल समेत राखेको छ । सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ ।
कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन । अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पुरा गरेको थियो ।
सोही अनुसार एन्फाले बी डिभिजन लिगका बाँकी खेल, सी डिभिजन लिग, महिला लिग, एन्फा प्रेसिडेन्ट लिग लगायतका कार्यक्रम पुरा गरेको थियो । घरेलु लिग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो ।
एन्फाका एक पदाधिकारीका अनुसार यस सिजनको लिगका सन्दर्भमा क्लबसंग बसेर छलफल गर्न बाँकी रहेको बताए ।‘सोमबार सबै क्लबलाई छलफलमा बोलाउने छौं । बैठकले यस सिजनको लिगको सन्दर्भमा निर्णय गर्नेछ ।’ उनले भने ।
घरेलु लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने भदौमै सुरु हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया