श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको क्लिन स्विप
इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ ।
गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो ।
श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए ।
ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
इङ्ग्ल्यान्डका डाविड मालनले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे ।
यस्तै, साम करण ९ र क्रिस जोर्डन ८ रनमा अविजित रहे । श्रीलङ्का दुश्मन्था चामिराले ४ विकेट लिए भने बिनुरा फर्नान्डो र इसुरु उडानले एक/एक विकेट लिए । पहिलो खेलमा इङ्ग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
श्रीलङ्का र इङ्ग्यान्डबीच पर्सी मंगलवारदेखि तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया