नुवाकोटमा थप ५९ जनामा कोरोना पुष्टि
नुवाकोट । नुवाकोटमा आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ९३ जनाको पिसिआर परिक्षण हुँदा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार २ सय पुगेको छ । त्यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको ९ सय १ पुगेको छ ।
आज भेटिएका संक्रमितहरुमा २८ पुरुष र ३१ महिला रहेका छन् । आज भेटिएका संक्रमितहरुमा सबैभन्दा बढी विदुर नगरपालिकाका २४ जना रहेका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् ।
त्यस्तै लिखु गाउँपालिकामा ८ जना, सुर्यगढी गाउँपालिकामा ३ जना, बेलकोटगढी नगरपालिका, तादी गाउँपालिका, किस्पाङ गाउँपालिकामा समान २÷२ जना संक्रमित थपिदा, म्यागङ र पन्चकन्या गाउँपालिकामा एक÷एक जना संक्रमि थपिएका छन् ।
आज एकसय ११ जना कोरोनामुत्त
त्यस्तै आज एकसय ११ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एकसय ११ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार २ सय ६५ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय १ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८ सय ३१ जना होम आइसोलेसन सेन्टरमा, ३१ जना आइसोलेसन सेन्टरमा र ३८ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट ३५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया