काठमाडौंमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ असार ७ गते २१:४९
नुवाकोट । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुर जिल्लामा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै आज काठमाडौं उपत्यकामा थप ३७९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Advertisement
पछिल्लो २४ घण्टामा नेपालमा थप २,२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज थप ४६ जनाको कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया