काठमाण्डौ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

विदुर खबर २०७८ असार ५ गते २१:५१

नुवाकोट । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी भएको छ।

Advertisement

यहि सोमबारसम्म तय गरिएको निषेधाज्ञा कम्तिमा एक साता लम्ब्याउने तयारी गरिएको जनाईएको छ। काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या अपेक्षाकृत रुपमा नघटेकाले निषेधाज्ञा तत्काललाई कम्तिमा एक हप्ता लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले समेत काठमाण्डौ कम्तिमा एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको स्रोतको जानकारीलाई पुष्टि गरेका छन्।  यद्दपी अब थप गरिने निषेधाज्ञा अहिलेसम्मको भन्दा केहि सहज र फरक हुने सिडियो पराजुलीको भनाई छ। उनकाअनुसार केहि उद्योग व्यवसाय सहित केहि-केहि क्षेत्र खुला गरि निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने सरकारको तयारी छ।

Advertisement

कोरोना संक्रमितको संख्या र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यालाई आधार बनाएर कोरोनाको प्रभावलाई आंकलन गरिएकाले अहिलेनै निषेधाज्ञा खुला गर्ने अवस्था नरहेको समेत उनले बताए।

भोलि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन्। साथै, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सिडियोहरुले गरेको प्रस्तावमा थप केहि निर्णय लिन सक्नेछ।

Advertisement

स्रोतकाअनुसार असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ। त्यस्तै नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ।

जारी निषेधाज्ञा असार ७ गतेसम्म कायम रहेको छ।

प्रतिक्रिया