निषेधाज्ञा खुलेपनि लाइसेन्स आवेदन तत्काल नखुल्ने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/06/driving-licence-trial.jpg)
नुवाकोट । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले निषेधाज्ञा खुलेपनि तत्काल सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन खोल्न नसकिने बताएको छ ।
कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर घातक र शक्तिशाली रहेको भन्दै संक्रमणको जोखिम उच्च रहेकाले जतिनै चाप भएपनि खोल्न नहुने निष्कर्ष निकालेको हो । सरकारले आगामी असार दोस्रो साताबाट उपत्यकामा ५० दिनदेखि जारी लकडाउन खोल्ने तयारी गरिरहेको छ। त्यसैगरी काठमाडौं भित्र चल्ने सवारी साधनलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने भएको छ ।
यातायात विभागमा भएको छलफलमा जोखिम अझै रहेको र यातायातका सेवामा उच्च चाप हुने हुँदा बन्दाबन्दी खुलेपनि सेवाहरु सञ्चालन गर्न नहुने निर्णयमा पुगेको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।‘अहिले सबैभन्दा कठिन बिषय यातायात सेवाका लाइसेन्स आवेदन छ’ उनले भने ‘लाखौंको संङ्ख्यामा लाइसेन्स आवेदन दिएर बसेका छन, त्यसको व्यवस्थापन यातायात कार्यालयहरुलाई चुनौतिको बिषय बनेको छ’ ।
अर्को तर्फ यातायात विभागसँग ट्रायल तथा प्रयोगात्मक परीक्षा पास गरेकालाई दिइने स्मार्टलाइसेन्स समेत पर्याप्त छैन ।निषेधाज्ञाको कारण लाखौंको संङ्ख्यामा नयाँ लाइसेन्स आवेदक समेत कुरेर बसिरहेका हुन्छन जसको कारण यातायात कार्यालयहरुले भिड थाप्न नसक्ने विभागको निष्कर्ष छ ।
बषैंदेखिको सवारीलाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने समय आएको बताए । नयाँ ट्रायल परिक्षा प्रणाली अर्थात अंक प्रणाली लागूको अन्तिम चरणमा रहेको समेत उनको भनाई छ । गत बर्षपनि कोरोना भाइरसका कारण पहिलो लकडाउन भएपछि एकैपटक १० महिनापछि सवारी लाइसेन्स आवेदन खोलिएको थियो । तर, खोलिएको तीन महिना पनि नहुँदै यातायातका सबै सेवा तथा सुविधा पुनः बन्द अवस्थामा रहेको छ ।
यदि नेपालमा कारोना भाइरस संक्रमण दर नर्मल हुँदै गए र जोखिम कम भएको अवस्थामा दशैं तिहारपछि मात्रै सवारीलाइसेन्स आवेदन खुल्ला गर्न सकिने बताएको छ । यो रोग कहिले सकिन्छ र नर्मल हुन्छ एकिन गर्न नसेकेकाे कारण धेरै भीडभाड हुने यातायात सेवा पनि अनिश्चित जस्तै भएको छ’ घिमिरेले भने ।
यातायात विभागले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न अस्थायी लाइसेन्स छपाई प्रक्रिया पनि अघि बढाएको छ । गत जेठ पहिलो हप्ताबाट लागू गर्ने भएको उक्त प्रणालीलाई पनि निषेधाज्ञाले पछि धकेलेको छ । त्यसैगरी यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र सम्बन्धी निर्देशिका जारी गरी सवारी प्रयोगात्मक ट्रायल परीक्षालाई अंक प्रणालीमा रुपान्तरण गर्ने प्रक्रिया पनि हाल रोकिएको छ ।
यो प्रणाली अब कारोना संक्रमण दर कम र जोखिम न्युनिकरण भएपछि मात्रै लागू हुने विभागले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया