बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/06/kailash-dhungana.png)
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन गरेको छ ।
प्रदेशसभामा मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब रुपैयाँ भन्दा धेरै रकमको बजेट ल्याएका हुन् । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुटाइएको छ ।
यसमा पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुङ्गेलले बताए । कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजीगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको उनले बताए ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ति १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुङ्गेलले बताए ।
आगामी आर्थिक वर्षको राजस्व नीति तथा करका दरहरू निर्धारण गर्दा कोभिड–१९ महामारीले मानव जीवनमा पारेको प्रभाव र यसको रोकथाम र नियन्त्रणको प्रयासबाट आर्थिक क्षेत्रमा पारेको सङ्कटलाई मध्यनजर गरी करदाता तथा सेवाग्राहीलाई राहत एवम् सहुलियत सहित आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको उनले बताए ।
कोभिड–१९ महामारी, रोकथाम र नियन्त्रण प्रयासको कारण प्रभावित क्षेत्रको करका दरमा समायोजन, छुट लगायतका सहुलियत प्रदान गरिने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया