नुवाकोटमा आज एकसय २५ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७८ असार १ गते १५:४८

नुवाकोट । नुवाकोटमा आज एकसय २५ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय २५ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ४ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितमध्ये ४७ पुरुष र ४० महिला रहेका छन् ।

Advertisement

आज सबैभन्दा बढी विदुर नगरपालिकामा २८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकामा २० जना, सुर्यगढी गाउँपालिकामा ११ जना र ककनी गाउँपालिकामा १० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

त्यस्तै किस्पाङ गाउँपालिकामा ६ जना, लिखु गाउँपालिकामा ३ जना, बेलकोटगढी नगरपालिकामा, म्यागङ गाउँपालिका , तादी गाउँपालिका र पन्चकन्या गाउँपालिकामा समान २÷२ जना संक्रमित थपिएका छन् भने शिपवुरी गाउँपालिकामा एक जना थपिएका छन् ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार एकसय ४८ पुगेको छ । सक्रिय संक्रमितमध्ये एकसय ३३ जना होम आइसोलेसनमा, ६८ जना आइसोलेसन सेन्टरमा र अस्पतालमा ३३ जना उपचाररत रहेका छन् ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा हालसम्म १८ हजार ३ सय ८१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

 

प्रतिक्रिया