नुवाकोटको त्रिशुलीमा ११ करोड ५० लाखमा रंगशाला बन्दै

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा संघीय सरकारले ११ करोड ५० लाख खर्च गरेर खेल मैदान बनाउने भएको छ ।
बजेटको घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीयत तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रिभुवन त्रिशुलि माध्यामिक विद्यालयको जग्गामा खेल मैदान निर्णमा हुनेछ । सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विदुरका लागि त्रिशुलीको खेलमैदान छनौट भएको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिए ।
खेलमैदान निर्माणका लागि नक्साको नमुना समेत तयार भैसकेको छ । मैदानको डिपिआर मसेत भैसकेको र इन्जिनियर सुरज लामाले नक्सा तयार पारेको शिक्षक दवाडीले जानकारी दिनुभयो । खेलमैदान निर्माणको तयारीका लागि यसअघि विदुर नगरपालिका र विद्यालय विचको केही सम्झौता समेत भएको उनले बताए ।
बहुवर्षीय ठेक्कामा मैदान निर्माणको काम समेत सुरू भैसकेको छ । नेकपा एमालेका नेताहरू, जिल्लाका सम्बन्धित जनप्रतिनिधि सबैले खेल मैदान निर्माणका लागि पहलकदमी लिएको दवाडीले बताए ।
प्रतिक्रिया