पञ्चकन्यामा भत्ता चोरी प्रकरण : घटना राजनितिरण भयो : हितबहादुर तामाङ
नुवाकोट । नुवाकोट क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एवं पूर्वमन्त्री हितबहादुर तामाङले पञ्चकन्या गाउँपालिका वडा न. २ मा भत्ता चोरी भएको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गरेर मुख्य अपराधीलाई जोगाउन खोजिएको बताएका छन् ।
भत्ता चोरीमा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीको नाम जोडेर केही अनलाइनमा समाचार प्रकाशन भएको विषयमा प्रेस नोट जारी गर्दै पूर्वमन्त्री तामाङले घटनालाई मोड्न खोजिएको र पीडित जनसमुदायलाई थप भ्रम फैलाउने र मुख्य अपराधीलाई जोगाउन खोजिएको बताएका हुन् ।
‘जेठ २६ गते प्रकाशन भएको दैनिकी नाम गरेको अनलाइनको समाचारमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको घटनामा संलग्नता रहेको र साढे २ महिनापछि मात्रै घटना सार्वजनिक गरेको भन्ने कुरा उल्लेख गर्नुले घटनालाई निष्पक्ष र स्वतन्त्र रुपले छानबिन गर्न वातावरण बनाउनका लागि सहयोग गर्न नभई घटनालाई अनावश्यक राजनीतिकरण गरि अन्यत्र मोड्ने तथा समयमै रकम प्राप्त गर्न नसकिरहेका पीडित जनसमुदायलाई थप भ्रम फैलाउने र मुख्य अपराधीलाई जोगाउने उदेश्यद्वारा प्रेरित छ भन्ने अनुभुति भएको छ,’ तामाङको विज्ञप्तिमा लेखिएको छ, ‘सम्बन्धित सुरक्षा निकायहरुले लामो समय लिई अनुसन्धान गर्दागर्दै पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न नसक्नुले सम्बन्धित सरोकारवालाहरुलाई थप पीडा र अन्योलग्रस्त बनाएको छ । यस्तो अवस्थामा घटनाको स्वतन्त्र एवम् निष्पक्ष रुपले छानबिन गर्नको लागि सम्बन्धित निकायहरूलाई सकेसम्मको सहयोग गर्नु हामी जिम्मेवार सवै पक्षको साझा कर्तव्य हो ।’
पूर्वमन्त्री तामाङले सम्बन्धित सुरक्षा निकायबाट घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न तथा दोषीलाई कारबाही गरी पीडितहरुलाई न्याय दिलाउन सबै जनसमुदाय र अन्य सम्बन्धित पक्षहरुको निष्पक्ष तथा सहयोगी भूमिका रहने आशा व्यक्त गरेका छन् ।
एमालेका ध्रुवप्रसाद मिश्र वडाध्यक्ष रहेको पञ्चकन्या गाउँपालिका वडा न.२ को वडा कार्यालय भवनबाट बृद्ध भत्ता बापतको रकम रु ५० लाख र वडाले संकलन गरेको राजस्व गरी ५३ लाख चोरीको घटना भएको थियो ।
२०७८/०२/२७ प्रेस नोट
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा न.२ मा बृद्ध भत्ता चोरी भएको विषयलाई लिएर दैनिकी नाम गरेको एक अनलाइनले प्रकाशित गरेको हिजो जेष्ठ २६ गतेको समाचारमा गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेको पाउदा मलाई ज्यादै दुख लागेको छ ।
मैले प्राप्त गरेको जानकारी अनुसार २०७७ साल चैत्र २४ गते राति पञ्चकन्या गाउँपालिका वडा न.२ को वडा कार्यालय भवनबाट बृद्ध भत्ता बापतको रकम रु ५३ खाल चोरी भएको र त्यसको अावश्यक अनुसंधान गरि सत्यतथ्य सार्वजनिक गर्न एवम् दोषीलाई कार्वाही प्रकृया अगाडि बढाई पीडितहरुलाई समयमै राहत दिलाउनको लागि भनी चैत्र २६ गते जिल्ला प्रहरी कायर्यालय बिदुरलाई र घटना घटेको ३/४ दिन पछि संघीय मामिला तथा सामान्य मन्त्रालय सिंहदरबारलाई गाउँपालिकाको कार्यालयले पत्रचार गरेको भन्ने थियो ।
बृद्ध भत्ता चोरी हुनु र सम्बन्धित वडाका बृद्ध/ बृद्धा एवम् सुचिकृत ब्यक्तिहरुले समयमै रकम पाउन नसक्नु आफैमा दुखलाग्दो कुरा हो र
सम्बन्धित सुरक्षा निकायहरुले लामो समय लिई अनुसन्धान गर्दागर्दै पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न नसक्नुले सम्बन्धित सरोकारवालाहरुलाई थप पीडा र अन्योलग्रस्त बनाएको छ।
यस्तो अवस्थामा घटनाको स्वतन्त्र एवम् निष्पक्ष रुपले छानबिन गर्नको लागि सम्बन्धित निकायहरूलाई सकेसम्मको सहयोग गर्नु हामी जिम्मेवार सवै पक्षको साझा कर्तव्य हो ।
तर हिजो जेष्ठ २६ गते प्रकाशन भएको दैनिकी नाम गरेको उक्त अनलाइनको समाचारमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको घटनामा सम्पन्नता रहेको र साढे २ महिनापछि मात्रै घटना सार्वजनिक गरेकोे भन्ने कुरा उल्लेख गर्नुले घटनालाई निष्पक्ष र स्वतन्त्र रुपले छानबिन गर्न वातावरण बनाउनक लागि सहयोग गर्न नभई घटनालाई अनावश्यक राजनीतिकरण गरि अन्यत्र मोड्ने तथा समयमै रकम प्राप्त गर्न नसकिरहेका पीडित जनसमुदायलाई थप भ्रम फैलाउने र मुख्य अपराधीलाई जोगाउने उदेश्यद्वारा प्रेरित छ भन्ने अनुभुती भएको छ।
मलाई आशा एवम् विश्वास छ सम्बन्धित सुरक्षा निकायबाट घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न तथा दोषीलाई कार्वाही गरी पीडितहरुलाई न्याय दिलाउन सवै जनसमुदाय र अन्य सम्बन्धित पक्षहरुको निष्पक्ष तथा सहयोगी भुमिका रहनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया