किस्पाङ गाउँपालिकालाई मानव धर्मको स्वास्थ्य सामग्री
नुवाकोट । नेपाल मानव धर्म सेवा समितिले किस्पाङ गाउँपालिकाका कोभिड-१९ प्रभावितहरूका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका कोरोना संक्रमण प्रभावितहरूका लागि समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बुधवार नायक राजेश हमालको जन्मदिनको अवसरमा समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईँजीले किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा अक्सिमिटर २० पिस, फेस सिल्ड १०० पिस , पिपिई सेट २० पिस, सेनिटाइजर २०० पिस, एन-९५ मास्क १०० पिस, ग्लोब्स २० पाकेट लगायत औषधीहरु रहेको छ ।
नेपाल मानव धर्म सेवा समितिले मुलुकका अन्य जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री र कोभिड–१९ का कारण मर्कामा परेका घरपरिवार तथा दैनिक ज्याला मजदुरी गरी छाक टार्ने मजदुरहरुलाई राहत सहयोग गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया