मन्त्रिपरिषद विस्तार गर्दै ओली, बादल पत्नी नैनकला सञ्चारमन्त्री
विदुर खबर
२०७८ जेठ २७ गते १४:११

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
हाल ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।
स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको छ ।
त्यस्तै, नारदमुनी राना (वनमन्त्री), मोहन वानियाँ (विनाविभागीय), खगराज अधिकारी (गृहमन्त्री), ज्वालाकुमारी साह (कृषि मन्त्री), राजकिशोर यादव (उद्योग मन्त्री), गणेश पहाडी (सामान्य प्रशासन मन्त्री) र आशा विक (वन राज्यमन्त्री) हुने तयारी रहेको बताइएको छ ।
उनीहरुले आज ४ बजे शपथ ग्रहण गर्ने छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया