नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
आज जिल्लामा थप ५७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९ जनाको पिसिआर परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार २९ पुगेको हो । यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एकहजार ६४ पुगेको छ ।
आज भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका २० जना, किस्पाङ गाउँपालिकाका १० जना र दुप्चेश्वर गाउँपालिकाका ६ जना रहेका छन् ।
यस्तै बेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका र तादी गाउँपालिकाका सामान ५÷५ जनामा कोरोनजा संक्रमण पुष्टि भएको छ । त्यस्तै तारकेश्वर गाउँपालिकामा ४ जना र सुर्यगढी गाउँपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ९ सय २८ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म २९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म १७ हजार ७ सय ६९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया