सेयर बजारमा मंगलबार उच्छाल,नेप्से ५३.४४ अंकले बढ्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/04/Share-Bull-and-Bear1613396466.png)
अघिल्लो दिन सामान्य करेक्सन आएको सेयर बजारमा मंगलबार भने उच्छाल आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुको ऐतिहासिक रेकर्ड बनायो । नेप्से १.८४ प्रतिशतले बढ्यो ।
दैनिकजसो नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेले पहिलोपटक २९६० अंक पार गर्दै तीन हजारको विन्दुलाई पच्छ्याएको छ ।आइतबार २९०६.९१ अंकमा पुगेर बन्द हुँदा हिजो सोमबार भने ०.२१ अंकको सामान्य करेक्सन आएको थियो ।
यसदिन जीवन बीमा, निर्जीवन बिमा र विकास बैंक उपसमूहमा उच्च वृद्धि आयो । जीबन बिमा सबैभन्दा उच्च ६६८ अंकले बढ्यो भने निर्जीवन बिमामा पनि ५५४ अंकको वृद्धि आयो । यस्तै, विकास बैंक उपसमूह ३ सय ९८ अंकले बढ्दा वित्त समूहमा पनि १८५ अंकले बढ्यो ।
यसदिन सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो भने २९ कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढी बढ्यो ।
यसदिन कारोबार पनि उच्च नै रह्यो । २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया