नुवाकोटमा आज एकसय ८ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज एकसय ८ जना कोरोना संक्रमित भेटिएका थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७७ जनाको पिसिआर परिक्षण गर्दा एकसय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ६४ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ३७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ९ सय ३१ जना होम आइसोलेसनमा, ७५ जना आइसोलेसन सेन्टरमा र ३१ जना अस्पतालमा उपचाररत रहेका कार्यालयको भनाइ रहेको छ ।
आज भेटिएका संक्रमितमध्ये ३२ जना विदुर नगरपालिकाका, २७ जना तारकेश्वर गाउँपालिकाका, ९ जना ककनी गाउँपालिकाका, समान ८÷८ जना बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका रहेका छन् ।
यस्तै ७ जना लिखु गाउँपालिकाका, किस्पाङ र म्यागङ गाउँपालिकाका समान ६ जना र तादी गाउँपालिकाका ५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ११ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घ। फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ८ सय ९८ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
नुवाकोटमा हालसम्म साढे १६ हजार जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया