नुवाकोटमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु

विदुर खबर २०७८ जेठ २३ गते ११:३१
corona death

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Advertisement

जिल्लाको त्रिशुली अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

आज मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका ३२ वर्षिय महिला र ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

Advertisement

यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Advertisement

 

प्रतिक्रिया