शुक्रबार थपिए ६६५३ कोरोना संक्रमित, १०१ जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ २१ गते २१:५३

नुवाकोट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
२० हजार ८१३ जनाको पिसिआर र एन्टिजेन परिक्षण मार्फत सो सङख्यामा कोरोना संक्रमित भेटिएको हो ।
योसँगै नेपालमा पाँच लाख ८१ हजार ५६० जनामा कोरोना संक्रमित पुगेका छन् । भने शुक्रबार कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ भने २४ घण्टामा कोराना मुक्त भएर आठ हजार ६ सय ६३ जना घर फकिएका छन् ।
यो सँगै नेपालमा चार लाख ७६ हजार १३० जना कोरोना मुक्त भएका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया