चाइनिज ताइपेइमाथि नेपालको शानदार जित
नुवाकोट । फिफा विश्वकप र एसियनकप फुटबल छनोटको दोस्रो चरणको आजको खेलमा नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको छ।
कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइ बिरुद्द दुई गोल गर्दै खेल जितेको हो।
नेपालको तर्फबाट अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका हुन्। जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो। सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।
अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपालले दोस्रो हाफमा केही डिफेन्सिभ मनस्थिति देखाए पनि सुन्दर गोल गर्न सफल भएको थियो ।निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप(इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे । सोही अग्रताको सुखद् बचाउ गर्दै नेपालले जित सुनिश्चित गर्यो ।
आजको जितसंगै नेपालले ३ अंक जोड्न सफल भएको छ। जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। उक्त खेलपनि कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया