राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/05/right-share.jpg)
नुवाकोट ।राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।
हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ । हकप्रद निष्काशन गरेपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ६० कराेड रूपैयाँ पुग्नेछ ।
विद्युत कम्पनीको नियमन गर्ने निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई बैंकको ऋण तिर्न पनि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।
आयोगले जलविद्युत कम्पनीको शेयरको सार्वजनिक निष्कासन पूर्व स्वीकृति सम्बन्धी निर्देशिका,२०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया