भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने एमाले नेतासहित तीनजना पक्राउ
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका—११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्।
एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।
घटनास्थिति बुझ्न आफू पनि नेपालगञ्ज जाँदै गरेको डीआईजी धानुकले बताए। बिहीबार राति बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो।
कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो। कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए।
घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया