नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा एकसय ५८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९० जनाको पिसिआर परिक्षण गर्दा एकसय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमना कोरोना संक्रमितको संख्या ३ हजार ८१ पुगेको छ ।
यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ८ सय ७८ पुगेको छ । हालसम्म नुवाकोटमा १३ हजार ७ सय ५६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कोरोना संक्रमणबाट नुवाकोटमा हालसम्म २१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
तारकेश्वरमा थप ४२ जना कोरोना पुष्टि
त्रिशुली अस्पतालमा ५४ जनाको स्वाब संकलन गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्यस्तै १२ जनाको पिसिआर परिक्षण नेगेटिभ देखिएको अस्पतालले बताएको छ । यससँगै तारकेश्वर गाउँपालिकमा कोरोना संक्रमितको संख्या २ सय ५२ पुगेको छ ।
तारकेश्वर गाउँपालिकामा हालसम्म तारकेश्वर गाउँपालिकामा ४ सय ८३ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
किस्पाङमा थपिए ४२ संक्रमित
यस्तै किस्पाङ गाउँपालिकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको विभिन्न स्थानमा गरिएको ६० जनाको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जानकारी दिएको छ । गाउँपालिकाको मनकमना स्थित मनकामना स्वास्थ्य चौकीमा ३५ जनाको पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
यस्तै अर्चलेस्थित त्रिभुवन माविमा २५ जनाको पिसिआर परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको लामाले बताए ।
यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ । हालसम्म गाउँपालिकामा ५ सय ६० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना पुष्टि
त्यस्तै लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गाउँपालिकाले ५५ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १२ जनाको रिर्पाट नेगेटिभ आएको लिदु गाउँपालिकाले जनाएको छ ।
यससँगै लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ७३ पुगेको छ ।
लिखु गाउँपालिकामा हालसम्म ६ सय ५० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया