मैत्रीपूर्ण खेलका लागि नेपाली टिम इराक प्रस्थान
विदुर खबर
२०७८ जेठ १२ गते ९:५३

नुवाकोट । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ ।
२३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो । आउँदो शनिबार नेपालले बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जानेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अष्ट्रेलियासँग खेल्नेछ ।
मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् ।
विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोली आउँदो २९ गते नेपाल फर्किनेछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया