विदुर नगरपालिकामा थप १९ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ जेठ ११ गते १५:५५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिललो २४ घण्टामा नगरपालिकाका १५ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ४ सय पुगेको छ । संक्रमितमध्ये ९ सय १६ पुरुष र ४ सय ८४ महिला रहेका छन् ।

Advertisement

सक्रमितमध्ये एकसय ८७ पुरुष र एकसय १६ महिललासहित ३ सय ३ जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।

हालसम्म विदुर नगरपालिकाका २ हजार ५ सय ५४ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।

Advertisement

प्रतिक्रिया